भैरहवा / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने जनाएका छन् ।
भैरहवा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा टुंगिने जनाए । ‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिकरुपमा टुंगिएका छन,’ नेकपा अध्यक्षसमेत रहका प्रधानमन्त्री ओलीले भने, ‘स्थानीय तहका एकता पनि आकिस्मक रुपमा नै टुंगिनेछ ।’
प्रधानमन्त्रीले भैरहवास्थित गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विमानस्थल सञ्चालन हुनासाथ पर्यटकको आगमन खचाखच हुने विश्वास व्यक्त गरे ।

![swaviman]](https://swaviman.com/wp-content/uploads/2019/03/swaviman-109-696x464.jpg)
















