घरको पर्खाल भत्किँदा काठमाडौंको मुलपानीमा एकै परिवारका ३ जनाको मृत्यु

462

काठमाडौं– शुक्रबार बिहानैदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । मुलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अहिले स्काभेटरको सहयोगमा पुरिएको शवलाई निकाल्ने काम भइरहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here