आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

68

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१० बुद्धचोकस्थित द स्केटपार्क प्रालिमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा स्केट जुत्ताहरू, कम्प्युटर ३ थान, टिभी १ थान, जेनेरेटर १ थान, ईनभर्टर ब्याट्री २ थान, सिसिटिभी क्यामेरा ८ थान र पुरानो तथा स्केट जुत्ताका पार्टसहरू समेत जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

सर्लाही, चन्द्रनगर गाउँपालिका-४ गाढाटोल बस्ने मिथलेश मण्डलको घरमा सोमबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here