प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा Chiefs of Defence Conferenc (CHOD) मा सहभागी

242

काठमाडौं- प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मिति २०७६।०३।२६ गते (तद्‍नुसार ११ जुलाई २०१९) संयुक्त राष्ट्रसंघीय मुख्यालय, न्युर्योकमा आयोजित विश्‍वका १०६ मुलुकका सेना प्रमुख तथा वरिष्ठ सैनिक अधिकारीहरुको सहभागिता रहेको Chiefs of Defence Conference (CHOD) मा सरिक हुनु भएको छ ।

उक्त Conference मा प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघको आहवानमा नेपालले विश्‍वका विभिन्‍न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा निर्वाह गर्दै आएको अग्रणी भूमिका बारे प्रसंग उठाउनु हुँदै नेपाल सरकारको नीति अनुरुप संयुक्त राष्ट्र संघ अन्तर्गतका मिशनहरुमा शान्ति सैनिकहरुको सहभागिता बढाउँदै लगिने विषयमा समेत अवगत गराउनु भएको थियो ।

यस अघि मिति २०७६।०३।२५ गते (तद्‍नुसार १० जुलाई २०१९) प्रधानसेनापति थापा संयुक्त राष्ट्र संघको न्युर्योकस्थित मुख्यालयमा आयोजित Woman Peace and Security सेमिनारमा सहभागि हुनुभएको थियो । उक्त सेमिनारको उद्देश्‍य विश्‍वका सेना प्रमुखहरु सहितको Network (संजाल) विकास गर्नु रहेको थियो । संयुक्त राष्ट्रसंघको आहवानमा भएको सो सेमिनारमा ४४ मुलुकका सेना प्रमुखहरुको सहभागिता रहेको थियो ।

साथै प्रधानसेनापति महारथी थापाले आज मिति २०७६।०३।२७ गते (तद्‍नुसार १२ जुलाई २०१९) Department of Defense (DoD) मा US Armed Forces का Vice Chairman Joint Chiefs of Staff तथा DoD अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । औपचारिक कार्यक्रम सम्पन्‍न गरी उहाँ मिति २०७६ श्रावण ०१ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here