नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रर्दशन

124

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज विरोध प्रदर्शन रत्न राज्यलक्ष्मी क्याम्पस, प्रर्दशनी मार्गमा गरेका छन् ।

जसमा गभर्नर महाप्रसाद अधिकारि को पुत्ला जलाएर बिरोध गर्नुका साथै अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ र नेकपा एस समर्थित अनेरास्ववियूका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेका हुन् ।

नेकपा एमालेको अर्थ तथा वाणिज्य विभागमा सदस्य रहेका एम अधिकारी र गर्भनर अधिकारी एकै व्यक्ति भएको भन्दै उनीहरुले राजीनामा मागेका हुन् ।

विरोध प्रर्दशनका नेता , अखिल (क्रान्तिकारी) आर आर का इन्चार्ज मिनराज पाण्डेले तत्काल महाप्रसाद अधिकारीले राजीनामा नदिएमा वा  देउवा नेतृत्वकाे सरकारले बर्खास्त नगरेसम्म आन्दोलनको आधी बेरी ल्याएर गभर्नरलाई कालो मुसो दल्ने चेतावनी समेत  दिएका छ्न् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here