काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन १४ देखि १८ माघसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
यसअघि नै महाधिवेशनको मिति तय गरेको भए पनि स्थान तोकिएको थिएन । सोमबार बिहान बसेको पार्टी सचिवालय बैठकले काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
काठमाडौंमा सम्पन्न पार्टीको छैटौं पूर्ण बैठकबाट एकीकृत समाजवादीले महाधिवेशनको मिति तोकेको थियो ।
एकीकृत समाजवादीले गठन भएको दुई वर्षपछि पहिलोपटक महाधिवेशन गर्न लागेको हो ।
२००७ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीको वर्तमान रूप भएको जनाएको एकीकृत समाजवादीले एमालेसँग नवौँ महाविधेशनपछि २०७८ सालमा अलग भएको थियो ।

















