काठमाडौं – केहि दिनदेखि गिरावट भइरहेकाे सुनको मूल्य पुनः एक लाख नाघेको छ । आज मंगलबार भने सुनको मूल्य तोलामा नै एक हजार २०० रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला एक लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसका साथै मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३८० रुपैयाँ तोकिएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार भने उकालो लागेको छ । आज अन्तराष्ट्रिय बजारमा सुन प्रति अउन्स एक हजार ९९२ डलर मा खरिदबिक्री भइरहेको छ ।


















