विभिन्न धनमाल चोरी

142

काठमाडौं – काठमाडौं महानगरपालिका-१६ बालाजु डेरा गरी बस्ने मकवानपुर कैलाश  गाउँपालिका-१ घर भएकी २६ वर्षीया रोशनी मोक्तानको कोठाबाट करिब २ लाख रुपैयाँ मूल्य बराबरका सुनको गहना र नगद २२ हजार रुपैयाँ तथा सोही ठाउँ डेरा गरी बस्ने बझाङ घर भएका २४ वर्षीय हर्क धामीको कोठाबाट नगद ७५ हजार रुपैयाँ मंगलबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित भक्तदेव सिंहको घर र सोही घरमा डेरा गरी बस्ने सर्लाही गौडमा नगरपालिका-१ घर भएका ४५ वर्षीय नरेन्द्र चौधरी कोठाबाट नगद तथा सुन चाँदीका विभिन्न गहना समेत गरी करिब ३ लाख ८८ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं टोखा नगरपालिका-१० प्रयागनगरस्थित निल प्रसाद देबकोटाको घरबाट २ तोला सुनका गरगहना, घडी, चस्मा र नगद ५ हजार रुपैयाँ समेत गरी करिब २ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here