एजेन्सी– मानव शरीरकाे महत्वपुर्ण अंग मध्ये एक मिगाैला पनि एक हाे जसलाइ अंग्रेजी किडनी भनिन्छ । प्रायः जसाे एउटा सानाे गल्ती वा अज्ञानता वश मिर्गाैला राेगी भएका कयाै उदाहरणहरू समाजमा रहेका छन् । याे राेगकाे उपचार नभएकाे भने हाेइन । तर यी आठ बानीलाई हामीले सुधार गर्न सक्यौँ भने हाम्रो मिर्गौलामा समस्या खासै देखिन पाउँदैन ।
रक्तचाप नियन्त्रणमा राख्नुहोस्
उच्च रक्तचापका कारण हाम्रो नशामा दबाब परिरहेको हुन्छ, यसले मिर्गौलामा समस्या निम्त्याउन सक्छ । यदि ब्लड प्रेसर उच्च छ भने समयमा नै औषधि खानु पर्छ र खानपिनमा पनि ध्यान दिनु पर्छ ।
अत्यन्त कम वा धेरै पानी पिउँदा
यी दुवै बानीले मिर्गौलामा समस्या निम्त्याउँछ । अत्यन्त कम पानी पिउनुले पनि शरीरमा समस्या हुन्छ र धेरै पानी पिउनाले पनि मिर्गौलामा समस्या देखिन सक्छ । शरीरको आवश्यकता अनुसार पानी पिउँदा यस्ता समस्या हराउन सक्छन् ।
अत्यन्त धेरै औषधिको सेवन
लामो समयसम्म दुखाइ हटाउने औषधिको सेवन गर्नु हुँदैन । चिकित्सकको सल्लाह नलिइ तपाईंले औषधि सेवन गर्ने बानी छ भने त्यसलाई तत्काल छोड्नु पर्छ ।
धेरै मासु खानु
अत्यन्त धेरै मासु खाने बानी छ र झन् रेड मिट बढी खानुहुन्छ भने पनि हामी सचेत हुनुपर्छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा पनि मिर्गौलालाई समस्या हुनसक्छ ।
लामो समय पिसाब रोक्नु
मिर्गौलाबाट बाहिर निस्कनु पर्ने विषाक्त तत्व पिसाबबाट बाहिर निस्कन्छ । त्यसैले मिर्गौललाई दबाबमा नराख्न समयमा नै पिसाब फेर्ने बानी बसाल्नुपर्छ ।


















