पर्सामा कोरोना संक्रमित थुनुवा अस्पतालबाट फरार

60

वीरगन्ज – कोरोना संक्रमित भई वीरगन्जको कोभिड अस्पतालमा उपचार गराइरहेका २ थुनुवा अस्पतालबाट नै फरार भएका छन्।

नारायणी अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचार गराइरहेका २ थुनुवा अस्पतालबाट गएराती फरार भएका हुन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभएको छ । २०–२५ वर्ष उमेर समूहका दुई युवा आइतबार बिहान २ बजे अस्पतालबाटै फरार भएको उहाँले बताउनुभयो । वडा प्रहरी कार्यालय विर्ताको थुनुवा कक्षमा रहेका वीरगन्जको नगुवाका छोटु तिवारी र साविक सर्लाही घर भई हाल वीरगन्जमा नै बस्दै आएका रामु माझी यही साउन १ गते संक्रमित पुष्टि भएका थिए। त्यही समयदेखि उनीहरुलाई आइसोलेशन हुँदै अस्थायी कोभिड अस्पतालमा नै भर्ना गराएर उपचार सुरु गराइरहेको थियो वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुले भन्नुभयाे । साेही क्रममा उनीहरु त्यहीँबाट फरार भएको र उनीहरुका बिरुद्ध सार्वजनिक मुद्दा चलिरहेको पनि उहाँले जनाउनुभयाे ।

फरार युवाहरुको घर लगायत उनीहरु लुक्न सक्ने विभिन्‍न ठाउँमा खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here