यस्ताे रहेकाे छ माैसम…

81

काठमाडौं –  देशभर आज सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका बाग्मती प्रदेश, गण्डकी प्रदेश र  कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का पानी परिरहेका्े छ ।

अहिले उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडि वाट जलवाष्फ युक्त हावाको प्रभाव रहेकोले देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

आज दिउँसोपछि देशका केही  स्थानहरुमा  मेघगर्जन र चट्याङ्गसहित पानी परने सम्भावना रहेको छ साथै प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै आज राति पनि देशको  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जाने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here