काठमाडाैं – नेपाल विद्युत् प्राधिकरणले काठमाडाैंका यी स्थानहरूमा आज विद्युत् कटौती गर्ने भएको छ ।
प्राधिकरणका अनुसार सोल्टी दोबाटो, सिभिल होम्स, टौखेल, सीतापाइला, इचङ्गुनारायण, पद्मा कोलेनी, भीमढुङ्गा, नर्सरी भञ्ज्याङ, छत्रे देउराली लगायत ठाउँमा विद्युत् कटौती हुने सूचना अधिकारी लिलाकुमारी अर्यालले जानकारी दिनुभयो ।
प्राधिकरणले समय अगावै काम सकिए लाइन सञ्चालनमा आउने जनाएको छ ।


















