एजेन्सी – दुख र सुख दुइटै एकै सिक्काका दुई पाटा हुन् । जिन्दगीभर यी दुईको सिलसिला चलिरहन्छ । यदि कसैले शुभ कर्म गर्छ भने उसलाई राम्रो हुन्छ । यसको विपरित यदि कसैले अशुभ काम गर्छ भने उसलाई शुभ हुनु स्वभाविक हो । कहिलेकाँही शुभ कार्य गर्दा गर्दै पनि प्राय नराम्रो हन जान्छ । जब कि कुनै नराम्रो मानिसको जिन्दगी राम्रोसँग चलेको हुन्छ । कुनै पनि जीवको कर्मको आधारमा फल प्राप्त हुने भनेपनि फल मिलेको हुँदैन वा विपरित मिल्छ आज हामी यसको बारेमा चर्चा गर्छौ ।
कोही मानिस दुष्ट स्वभावको हुदाँपनि उसलाई सबै कुरा राम्रो भएको हुन्छ । उनीहरुका पुर्वजले राम्रो काम गरेको कारण अहिलेका दुष्ट सोच भएकाको राम्रो भएको हो ।
यसको विपरित सामान्य र सिधा मानिसहरुलाई नराम्रो यसले हुन्छ किनकी सायद उनीहरुका पुर्वजहरुले कसैको दिल दुखाएका थिए वा केही नराम्रो गरेका थिए ।
सबै भन्दा ठुलो सत्य यो हो की मानिस कहिले पनि धेरै खुशी वा विचलित हुनु हुँदैन, किनकी अन्त्यमा मानिस आफ्नो कर्मले आफ्नो भाग्य निर्धारण हुन्छ । जसले जे गर्छ त्यहि नै भोग्छ । आफ्नो कर्मको फल मानिसलाई निस्चित रुपमा प्राप्त गर्छ, मात्र समयलाई पर्खन सक्नुपर्छ ।


















