उपत्यकामा थप एकको कोरोना संक्रमितकाे मृत्यु

70

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।

बिहिबार बिहान पनि काठमाडौं उपत्यकामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरकी ६५ वर्षीया महिला रहेकी छिन् ।

उनको आज बिहान ललितपुरस्थित पाटन अस्पतालको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो । उनको स्वास्थ्यमा समस्या बढ्दै गएपछि आइसियूमा राखेर उपचार गरिँएको थियो ।

उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here