कस्ले जित्छ नेपाल आइडल उपाधी ?

193

काठमाडौं – कोरोना महामारीको कारण यो वर्ष नेपाल आइडलको फाइनलको दिनमा पनि धेरै चर्चा गरिएको छैन । पछिल्लो वर्ष नेपाल आइडलको आइडल छान्नको लागि आ–आफ्नो तर्फबाट धेरै मानिसहरु नारासहित सडकमा उत्रिने गरेका थिए तर यो वर्ष सबै कार्यक्रम सामाजिक सञ्जालमा मात्र सीमित भएको छ ।

आज नेपाल आइडलको स्टुडियोमै ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनाले हुँदैछ । जसबाट विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट नेपालले तेस्रो नेपाल आइडल पाउने छ ।  एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको  धेरै रुचाइएको कार्यक्रम हो । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका छन् । ह

जारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता चयन हुनेछ । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् ।

कोरोना महामारीको कारण अन्य हप्ताको कार्यक्रम जस्तै शुक्रबारको कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल–३ को विजेता घोषणा गरिने प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिएका छन् ।

कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here