काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ८ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
आज देशभर ९२७ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३६ हजार ४ सय ५६ पुगेको छ।
















