जापानकाे प्रधानमन्त्री निवास भूतको डरले नाै वर्षदेखि खाली

152

एजेन्सी । विगत ९ वर्षदेखि भूतका डरले जापानको प्रधानमन्त्री निवासमा नबस्ने कार्यको निरन्तरता मौजुदा प्रधानमन्त्री योशिहिदे सुगाले पनि दिएका छन् ।

जापानी प्रधानमन्त्रीको औपचारिक निवासलाई सोरी कोटेइ भनिन्छ । यो निवासमा भूतको वास भएकाले प्रधानमन्त्रीले बस्न छाडेका छन् ।

गतवर्ष सेप्टेम्बरमा सुगा प्रधानमन्त्री चुनिएयता ८ महिना भइसकेको छ । तर सुगा त्यो भव्य महलमा नबसी कम सुविधा भएको क्वार्टरमा बसिरहेका छन् । नेसनल डाइट बिल्डिङ नजिक २५ हजार वर्ग मिटरमा फैलिएका ६ भवन रहेका छन् । प्रधानमन्त्री निवास र फलामबाट बनेको छ ।

सन् १९३२मा सैन्य तख्तापलटको प्रयास भएको थियो । तत्कालीन प्रधानमन्त्रीलाई जलसैनिकहरूले गोली हानी हत्या गरेका थिए । यो घटनाका साक्षी अझ पनि जिउँदै रहेका छन् ।

त्यसबेला प्रधानमन्त्री ओकडासमेत उनका बहिनी ज्वाइसमेत गरी चार जनाको हत्या गरिएको थियो । सन् २००१ र २००६सम्म प्रधानमन्त्री रहेका जुनिचारो कोइजुमीले भनिए अनुसार भुत भगाउने कार्य गरेका थिए । एक सिन्टो पुजारीलाई भूत भगाउने काममा लगाएका थिए ।

सन् २०१२सम्म यहाँ प्रधानमन्त्री नोडा बसेका थिए । त्यसयता यहाँ कुनै प्रधानमन्त्री बसेका छैनन् ।

विपक्षी नेता योशिहिको नोडाले यो आवास खाली रहेको छ । तर वर्सेनी ११ करोड रुपैया खर्च हुने गरेको छ । प्रधानमन्त्री सुगालाई त्यहाँ जान केले समस्या उत्पन्न गराएको नोडाले जनाए । नोडा पछि त्यहाँ कोही बसेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here