अक्सिजन अभावका कारण बिरामी छटपटाउन थाले

65

दाङ । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो।

आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि स्टक पनि सकिएको छ। बिरामी छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन्। अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले आइतबार बिहानदेखि एक सिलिन्डर पनि अक्सिजन नरहेको बताए।

‘हिजैदेखि प्रदेश सरकार, जिल्लाका निकायलाई हारगुहार गर्दै आएका छौं। अहिलेसम्म कसैले सुनेका छैनन्’, ओलीले भने, ‘अहिले बिरामीहरू अक्सिजन अभावमा बेडमा छटपटाइरहेका छन्। हामीसँग अक्सिजन शून्य छ। दबाबमा बेड त बढाइयो तर आवश्यक सामग्री व्यवस्थापनमा कसैको चासो भएन। यही अवस्था रहेमा बिरामीको उपचार सम्भावना छैन।’

अस्पतालमा दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको उनको भनाइ छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here