‘लु’ को लक्षण देखिएमा बेवास्ता नगर्न आग्रह

38
Young man and heat stroke.

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले तातो हावा अर्थात् ‘लु’ को लक्षण देखिएमा बेवास्ता नगर्न आग्रह गर्नुभएको छ ।

पछिल्लो केही दिनदेखि देशभर तातो हावाका कारण जनजीवन प्रभावित हुँदै गएकाले उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

डा.अधिकारीका अनुसार तातो हावा वा ‘लु’ का कारण मुटुको धड्कन बेस्सरी बढ्ने, रक्तचाप कम हुने, टाउको बेस्सरी दुख्ने, रिङ्गटा लाग्ने, ज्वरो आउने, बेहोस हुने जस्ता लक्षण देखिन्छन् ।

यसलाई बेवास्ता गर्‍यो भने ज्यानैसमेत जान सक्ने हुँदा कसैलाई यस्तो लक्षण देखिएमा मद्दत गर्न उहाँका सुझाव छ ।

‘लु’ लगेका व्यक्तिलाई शीतल ठाउँमा लैजाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिने, बिरामी होसमा भएमा पानी जीवनजल वा झोलिलो खानेकुरा दिने, तर कफी, चिनीको मात्रा धेरै भएको कोल्ड ड्रिंक्स, बियर जाँडरक्सी नदिने, पङ्खा हम्किने, भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिन उहाँको सुझाव छ ।

यदि बिरामीलाई गाह्रो भएमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजान उहाँले आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here