एजेन्सी / अल्बानियामा दुई दिनअघि गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । गत राति मात्रै च्यापिएर रहेका १० जनाको शव झिकिएको हो ।
रक्षा मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म मृत्यु हुनेको संख्या सार्वजनिक गरेको हो । मंगलबार गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प यहाँ पछिल्लो ९९ वर्षयताकै शक्तिशाली भएको जनाइएकाे छ ।
मंगलबारपछि सयौंको संख्यामा ‘आफ्टरशक’ को धक्का हुँदैआएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । भूकम्पबाट अहिलेसम्म ६ सय ५० जना घाइते भेटिएका छन् । जसमध्ये १० को अवस्था गम्भीर छ । थुप्रै घर तथा भौतिक संरचना भत्किएपछि हजारौँ मानिस विस्थापित भएका छन् ।


















