कपिलबस्तुमा अहिलेसम्म १ हजार ५१ मत खस्यो

213

कपिलबस्तु / शिवराज नगरपालिका वडा नं. १० को उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट नै मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जनाए ।

निर्वाचनको लागि २ वटा मतदान स्थाल र ३ वटा केन्द्र तोकिएको छ । अहिलेसम्म दुई मतदान स्थलमा १ हजार ५१ मत खसेको जिल्ला निर्वाचन अधिकारी भण्डारीले  भने ।

उक्त वडामा रहेको जनता अधारभुत विद्यालय लालपुरमा १ मतदान स्थाल र २ वटा केन्द्र तोकिएको छ जसमा १ हजार १ सय ६८ जना मतदाता रहेकोमा अहिले सम्मा ६ सय मत खसेको छ । त्यसै गरी नेपाल राष्ट्यि अधारमुत विद्यालय शितलापुरमा ९ सय ४ जना मतदाता रहेकोमा अहिले सम्म ४ सय ५१ मत खसेको हो ।

उक्त वडामा २ हजार  ७२ मतदाता रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here