काठमाडौं – काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) का प्रमुख डा गुणराज लोहनीले मन्त्रालयले सरकारी, निजी अस्पताल तथा अन्य भवन प्रयोग गरी आइसोलेसन सेन्टर तथा उपचारस्थल तयार पारेको जानकारी दिए । उनले नौ हजारमध्ये झन्डै ७० प्रतिशत शय्या प्राप्त भइसकेको भन्दै बाँकी शय्या थप्न आवश्यक अनुमगन तथा तयारी भइरहेको जानकारी दिए ।
उनले आइसोलेसनका लागि डेढ अर्ब रुपियाँ बजेट छुट्ट्याइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।


















