गाँजासहित २ जना पक्राउ

100

काठमाडौं – पोखराबाट प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । तनहुँ शुक्लागण्डकीका २३ वर्षीय संजोक विक र कास्की पोखराका २० वर्षीय शिलाष विकलाई पक्राउ गरेको हो ।  अवैध लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पोखरा महानगरपालिका–३३ भरतपोखरीबाट पक्राउ गरेको थियो ।

उनीहरु आइतबार राति ग ९ प ६०२८ नम्बरको मोटरसाइलमा अवैध लागुऔषध गाँजा ६ किलो १०० ग्राम र लागूऔषध तौल गर्ने मेसिन बोकेर हिँडेका थिए ।   प्रहरीको चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए । एसपी श्रेष्ठका अनुसार संजोक विक ड्राइभर हुन् भने शिलाष विक सटिङको काम गर्थे ।  उनीहरुविरुद्ध लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here