काठमाडौं – काठमाडौं उपत्यकामा कोभिड–१९ का २९८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका २९८ सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना सङ्क्रमित थपिएको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८९९जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ५८८ जना निको भएर घर फर्केका छन् ।


















