जलविद्युत आयोजनाको वडाअध्यक्षलाई कारवाही गर्न विप्लव नेकपाको चेतावनी

100

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले अछामको पञ्चदेवल विनायक नगरपालिकामा खानेपानी आयोजना र तालागाड जलविद्युत् आयोजनाको बाँध भत्काउने वडाध्यक्षलाई जनकारबाही गर्ने जनाएको छ ।

नेकपाको पञ्चदेवल विनायक नगर समितिले आइतबार विज्ञप्ति जारी गरी नगरपालिकाको वडा नं ६ का अध्यक्ष पूर्णबहादुर रावलले खानेपानी आयोजनाको इन्टेकसहितको निर्माणाधीन संरचना भत्काएको र वडा नम्बर ५ का अध्यक्ष कुलबहादुर बुढाले जलविद्युत् आयोजनाको कुलो भत्काई जनतालाई अँध्यारो भोग्न बाध्य बनाएर अपराध गरेकाले काराही गरिने जनाएको छ ।

नगर सेक्रेटरी किशोरले जारी गरेको विज्ञप्तिमा नगरपालिकाका मेयर, उपमेयर र कार्यकारी अधिकृतको संलग्नतामा नगरभित्र पदीय शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचार गर्ने, आफूअनुकूल योजना निर्माण गर्ने, कामै नगरी रकम निकासा दिने गरेको जानकारी पार्टीलाई प्राप्त भएकाले निगरानी बढाइएको बताएका छन् ।

“आफ्नो स्वार्थअनुकूल योजना नहुँदा यस नगरका वडा नम्बर ६ का वडाध्यक्ष पूर्णबहादुर रावलले खानेपानी आयोजनाको इन्टेकसहित निर्माणाधीन सबै संरचना भत्काएर आफ्नो आपराधिक चरित्र उदाङ्गो पारेका छन् । त्यसैगरी न.पा. कै वडा नं. ५ का वडाध्यक्ष कुलबहादुर बुढाले तालागाड जलविद्युत् आयोजनाको १०० मिटर कुलो रातारात भत्काएर जनतालाई अँध्यारो भोग्न बाध्य पारेर गम्भीर अपराध गरेका छन् । यी दुवै अपराधका साक्षी स्वयम् यस नगरका मेयर, उपमेयर र कार्यकारी प्रमुख नै हुन् भन्ने कुरा घटनापछिका उनीहरूको छट्पटाहटबाट नै स्पष्ट हुन्छ”, विज्ञप्तिमा लेखिएको छ । उनले सार्वजनिक सम्पत्तिमाथि क्षति पु¥याउँदासमेत दोषी वडाध्यक्षलाई कारबाही गर्नुको साटो आपसी लेनदेनमा अपराधलाई ढाकछोप गर्न लागिएको बताउँदै घोर भत्र्सना गरेका छन् ।

सेक्रेटरी किशोरले खानेपानी र विद्युत् आयोजना दुवै जनताको अनिवार्य र आधारभूत आवश्यकता भएको र त्यसलाई भत्काउने कार्य अपराध भएकाले पार्टीले जनकारबाही गर्ने बताए । उनले भत्काइएका संरचना उनीहरूको व्यक्तिगत लगानीमा निर्माण गरिनुपर्ने र अपराधमा संलग्नले जनतासँग माफी माग्न चेतावनीसमेत दिएका छन् ।

“अपराधमा संलग्न व्यक्तिहरूलाई हालसम्म कुनै कारबाहीको दायरामा ल्याउने न्यूनतम् प्रयाससमेत नगरी आपसी स्वार्थहरूको लेनदेनमा मिलाउन भत्काइएको बाँधको क्षति नगरपालिकाले बेहोर्ने नाटक मञ्चन गरिएको छ । त्यसैले यी सबै शृङ्खलाबद्ध क्रियाकलापहरूप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । जनताको रगतपसिनाको मूल्यसँग खेलबाड गरेर आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका निम्ति जनताको आधारभूत आवश्यकता र हकका विरुद्ध अपराध गर्ने कथित वडाध्यक्षहरूलाई पार्टीका तर्फबाट कडा कारबाही गरिने कुरा आम जनसमुदायलाई अवगत गराउन चाहन्छौँ । साथै भत्काइएका सबै संरचना पुनः निर्माण गर्न र त्यसको क्षतिको हरहिसाब ती व्यक्तिहरूले बेहोर्न र सार्वजनिक रूपमा जनतासँग माफी माग्न हाम्रो पार्टी निजहरूलाइ कडा निर्देशन जारी गर्दछ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here