चीनसँगकाे झडपमा एक भारतीय सेनाकाे मृत्यु

146

द गार्जियनले उल्लेख गरे अनुसार शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको हो । भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झडप भएका थिए ।

पछिल्लो समय चीन र भारतीय सीमामा तनाव बढेको छ । दुई महिनाअघि दुई मुलुकका सैनिकको बीचमा भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता तनाव बढ्दो क्रममा रहेको अवस्थामा शनिबार र सोमबार दुई झडप भएका हुन् । यो झडप हुनुमा भारत र चीन दुवैले एकअर्कालाई दोष दिँदै आएका छन् ।

दुवै पक्षले आधिकारिक रुपमा यो झडपमा भएको हताहतीको विषयमा कुनै जानकारी दिएका छैनन् । तर, निर्वासित तिब्बतियन संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीले तिब्बती मूलका भारतीय सैनिकको यो झडपको क्रममा मृत्यु भएको जनाएकी छन् । पछिल्लो समय तनाव बढेसँगै दुवै मुलुकले सीमा क्षेत्रमा हजारौं सैनिक खटाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here