युवतीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ

142
काठमाडौं-  सामूहिक बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटले मुगु सोरु गाउँपालिका– १० घर भई चन्द्रागिरी बस्ने वर्ष २८ को लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका– १० घर भई चन्द्रागिरि बस्ने वर्ष २३ को रतनबहादुर शाहीलाई पक्राउ गरेको हो ।

एक हप्ताअघि काठमाडौँको चन्द्रागिरि– १ दहचोक बस्ने एक महिलालाई उनीहरुले सामूहिक बलात्कार गरेका थिए । त्यसपछि उनीहरुविरुद्ध प्रहरीमा ती युवतीले जाहेरी दिएकी थिइन् ।

पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको थानकोट प्रहरी प्रमुख घनश्याम श्रेष्ठले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here