सानैदेखि अभिनय गर्ने इच्छा थियो: उर्मिला वि सि

212

काठमाडाैं ।  गायिका एलिना र गायक टेक विसीको गीत उर्मीलाको दमदार अभिनय सानैदेखि अभिनयमा रुची राख्ने मोडेल उर्मिला वि सि अहिले म्युजिक भिडियोमा निकै व्यस्त छिन ।

उनी अभिनित रोगै पिरती बोल रहेको म्युजिक भिडियो भर्खरै बजारमा सार्वजनिक भएको छ । भिडियोमा उनलाई रमेश विश्वकर्मा ले साथ दिएका छन भने गीतमा अहिलेकी चर्चामा रहेकी गायिका एलिना चौहान र गायक टेक विसीको स्वर रहेको छ ।

गीतमा शब्द, सगीत भिम बिसीको रहेको छ । साईराम पिक्चर्सको पोस्ट प्रोडक्सनमा तयार पारीएको दुई प्रेमीको कथालाई दर्शाउन खोजिएको भिडियोलाई बिक्रम चौहानले निर्देशान् गरेका छन भने छांयाकन नरेश एैर र टिम तथा सम्पादन मिन रावल रहेको छ । आफुमा अभिनय क्षेत्रमा आउने इच्छा हुँदा हुँदै पनि पारिवारिक समस्या तथा बाध्यता कारण बिदेशिनु परेको बताउने नायिका तथा मोडेल उर्मिला बि सि अब भने निरन्तर यही क्षेत्रमा लागि पर्ने बताउछिन ।

यसै क्षेत्रमा निरन्तरता दिन उनी थप अभिनय र डान्स कक्षा पनि लिई रहेकी छिन । आफुलाई यस् क्षेत्रमा काम गर्न साथ सहयोग गर्ने साफ्नो परिवार साथीभाइहरुलाई हृदयदेखी नै सम्झन चाहेको र आफो दर्शकहरुलाई पनि यस् क्षेत्रमा सबैले मनपराइदिनु भएकोमा हेरिदय देखी नै धन्य्वाद व्यक्त गर्न चाहेको कुरा उनले बताईन । भविष्यमा आउने भिडियोलाई पनि यस्तै माया गरिदिनु हुने कुरामा आफु पूर्ण रुपमा आशावादी रहेको पनि उनले सुनाईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here