बार्सिलोनाको सहज जित

13

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि जितिसकेको बार्सिलोनाले मालोर्कामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको मालोर्कालाई ३–० गोलले हरायो ।

बार्सिलोनाको जितमा युवा स्टार अन्सु फातीले दुई तथा गाभीले एक गोल गर्नुभयो । फातीले खेल सुरु भएको पहिलो र २४औं मिनेटमा गोल गर्नुभयो । अर्को गोल ७०औँ मिनेटमा गाभीले थप्नुभएको थियो ।

१४औँ मिनेटमा अमाथ एनडीएले रातो कार्ड पाउँदै बाहिरिएपछि मालोर्का १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा बार्सिलोनाले भरपुर उठायो । जितसँगै बार्सिलोनाले ३७ खेलबाट ८८ अङ्क बनायो । समान खेलबाट ४७ अङ्क जोडेको मालोर्का १२औँ स्थानमा रह्यो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here