नेवार समुदायका १९ वटा संघसंस्थाले आपत्ती (विज्ञप्तिसहित)

457

ललितपुर – मच्छिन्द्रनाथको रथ तान्न गएको समुहलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको घटनामा संलग्नलाई खोजी खोजी पक्राउ गरेको घटनाको नेवार समुदायले आपत्ती जनाएका छन् ।

नेवार समुदायका १९ वटा संघसंस्थाले शनिवार एक विज्ञप्तिमार्फत् उक्त कदमप्रति आपत्ती जनाउँदै यसलाई तत्काल रोक्न आग्रह गरेका छन् ।

प्रहरीले धरपडक गरेको भन्दै उक्त कार्य बन्द गरी हिरासतमा रहेका सबैलाई निःशर्त रिहा गर्न अपिल समेत गरिएको छ । नेपाल भाषा मंका खलm लगायत १९ सै जातीय खलः पुचः को गम्भिर ध्यान आकृष्ट भएको समेत जनाइएको छ ।

विज्ञप्तिमा आपसी सरसल्लाहमा समाधान गर्न सक्ने मान्यताका साथ सबैलाई संयमित रहन समेत अपिल गरिएको छ । रथ जात्रा सम्पन्न गर्न जातीय खलः पुचः प्रयासरत रहेको र सबैसँग समन्वय गरी अघि बढ्न तयार रहेको अवगत गराइएको छ ।

यसअघि बिहिबार भएको झडपका क्रममा संलग्नलाई प्रहरीले भिडियो हेरेर खोजी गरेको थियो । उनीहरुको हुलियाका आधारमा ठेगाना पत्ता लगाउँदै पक्राउ गरिएको हो । यसप्रति नेवार समुदायले गम्भीरता देखाएको हो ।-File Photo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here