उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिए

74

 काठमाडौं- मंगलबार काठमाडौं उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ पुगेको छ।

काठमाडौंमा ६ हजार २ सय १७ ललितपुरका ९७७ र भक्तपुरमा ७८२ संक्रमित पुगेका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको छ। पछिल्लो २४ घन्टामा थप २२८७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसहित नेपालमा हालसम्म ३२ हजार ९६४ उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here