काठमाडौं– गोरु काटेको अभियोगमा काठमाडौंको बौद्धबाट ४ जनालाई प्रहरीले पक्राउ गरेका छन्। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गस्तीका क्रममा तीनचुलीको प्लटिङ गरेको खाली जग्गामा गोरु कोटेर मासु भाग लगाइरहेका ४ जना आइतबार बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मिलन स्याङतान, विक्रम स्याङतान, मानबहादुर लामा र देवबहादुर बमजन रहेको छ ।
उनीहरुलई महानगरीय प्रहरी वृत्त बौद्धमा राखेर घटनाबारे आवश्यक अनुसन्धान भइरहेकोछ ।

















