काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेकेमा छ । १० असार आईतबारदेखि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको हो।
वैदेशिक रोजगार र आयोजना प्रभावितलाई साधारण सेयर जारी गरिसकेपछि कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणलाई ५ करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ३९ हजार ५०० कित्ता सेयरमा निष्कासन खुला गरेको छ ।
कम्पनीको आईपीओमा सर्वसाधराणले १३ असार सम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसारको आवेददन नपरेमा आवेदन दिन म्याद २४ असारसम्म थप हुनेछ ।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।


















