चन्द्रप्रकाश बानियाँ
कहिले “विकासको मूल फुटाउने” कुरा गरिन्थ्यो, कहिले देशलाई “एशियाली मापदण्ड”मा पु¥याउने गफ हाँकिन्थ्यो ! पञ्चायत कालमा लाग्ने त्यस्ता सरकारी नाराहरूमा “चीनको गन्ध” आउँछ भनेर मानिसहरूले चर्चा गर्थे । पञ्चायतको अवशान भएको दिव्य दुईतीन दशकपछि दिनैपिच्छे नयाँ नयाँ सपनाहरू सार्वजनिक हुने दिन पनि ब्याए । रेलको सपना देखिए, पानीजहाजमा सयरगर्ने गफ पनि हााँकिए । पछिल्लो पटक “समृद्ध नेपाल, सुखी नेपाली” भान्ने नयँ नारा कुँदियो । किन हो कुन्नी, पछिल्लो नारामा पनि नेपाली समाजले मौलिकताको गन्ध सुँघ्न सकेन । त्यसमा कता कता “मोदीगन्ध” आएको अुनभूति गरेथ्यो । भूपरिवेष्ठित मुलुकका हामी नेपालीहरूको चिन्तन पनि भूपरिवेष्ठित नै पो हुँदो रेहछ कि कुन्नी, विकासे नारा पनि चीन र भारतको सिमापार अन्त कतैबाट नक्कल गर्न नसकिने ? पछिल्लो चुनावमा अमेरिकी राष्ट्रपतिका उमेदवारहरूले पनि एक से एक आकर्षक नाराहरू घन्काएका हुन् । नेपालीहरूले तिनलाई टिप्न नसकेको हो कि अथवा त्यतिपरसम्म हेर्ने, देख्ने, सुन्ने सामथ्र्य नभएको हो कुन्नी ? नेपाली नाराहरूमा अमेरिकी छाप देख्न सुन्न नपाइएको कुरा सतप्रतिशत सत्य हो । सायद, अर्को अर्को निर्वाचनमा उताको नक्कल पनि भित्रिएला कि ?
छ महिना अघि हाम्रो देशको राजनीतिक माहोल निकै चित्ताकर्षक र उत्साहजनक थियो । दिनै पिच्छे नभए पनि, हप्तैपिच्छे नभए पनि, मिहनैपिच्छे नभए पनि हरेक सार्वजनिक समारोह वा टिभि टक सोबाट नयाँ नयाँ सपनाको वर्षा हुने गथ्र्यों । तिनै लहडी सपनालाई राज्यको कार्यक्रम ठानेर समाजमा सम्भव र असम्भवको दोहोरी चल्थ्यो । सम्भव होस् कि नहोस्, सपना देख्ने क्षमताको मात्रै पनि प्रशंसा गर्नुपर्छ, प्रशस्ती गाउनुपर्छ भन्नेहरूको मत समाजमा गरुङ्गो देखिन्थ्यो । यसो भनौं– त्यतिखेरसम्म देश “सपनामय“ थियो । सरकारी सपनाको विपक्षमा सानो मात्र आवाज सुनियो भने सिङ्गो सपनाजीवि समाज अरिङ्गाल बनेर प्रतिवादमा उत्रन्थ्यो । सिङ्गो देश सपनाको पक्षमा ढाल बनेर उभिएजस्तो लाग्थ्यो । सपनाको आलोचना गर्नेहरूलाई हच्कनुपर्ने वातावरण सिर्जना गरिन्थ्यो । सपनाको निरन्तर पुराणपारायण मेचीकालीमा चलेजस्तो देखिन्थ्यो । गाउँशहर सपनाका अखण्ड कीर्तनहरू सुनिन्थे । समय कति चाँडो बदलियो कुन्नी ? आजकाल जताततैं चकमन्न सुनसान छ । भजनेहरूले कछुवालेझै टाउको लुकाउन थालेका छन् । विचराहरूको पनि विश्वास उठिसकेको हो कि अथवा “चारो” सकिएको हो कुन्नी ? उनीहरूको चेष्टाले दुनियाँलाई आश्चर्यचकित बनाएको छ । अरिङ्गाल बनेर विरोधीमाथि खनिनुपर्ने स्वप्नदर्शीको दिव्य आदेश पनि वेअसर देखिन थालेको छ !
सभा, समारोह र मञ्चहरूका वातावरणहरू आजकाल फेरि फेएिजस्ता लाग्न थालेका छन् । हिजोताका मञ्चहरूबाट सपनाका वर्षा हुन्थे । नयाँ नयँ सपनाको वर्षाले श्रोता कार्यकर्ताहरूलाई उल्लसित र उत्तेजित बनाउँथ्यो । जयजयकार गुञ्जिन्थ्यो । आजकाल मञ्च र सभाहरूप्रतिको आकर्षण घट्दै जान थालेको छ । सभासमारोहरूमा मानिसहरूको उपस्थिति पाललिन थालेको छ । हाँसोका समवेत अट्टहासहरूले सभाहलहरू गुञ्जिन छोडेका छन् । तालीका गडगडाहटको तुमुल नाद बन्द भैसकेका छन् । अपेक्षाकृत मधुरो सुनिन थालको छन् । यो फेरिएको परिस्थितिले स्वप्नदर्शीको मनमा चिसो पस्न थालेको छ । कतै मेरो आकर्षण त कम भएन ? मेरा समर्थकहरू अन्त कतैतिर लहसिन त थालेनन् ? उनीहरूको आस्था त फेरिएन, समर्थन त बदलिएन ? हो, त्यही मनेविज्ञानको परीक्षणस्वरूप “अरिङ्गाल” बन्ने आदेश गरिएको हुँदो हो । समर्थक भजनेहरूले अरिङ्गालमा आफूलाई रूपान्तरण गर्ने रुचि नदेखाइदिएपछि खिन्नताबाट अविभूत भएका विचरा स्वप्नदर्शीले “मलाई कसैले टेरेन” भनेर गुनासो गर्नथालेका छन् ! उनको ईशारा पुलिस, प्रशासन, कर्मचारीतिर होजस्तो लाग्दैन । इङ्गित गर्न खोजिएको आफ्ना समर्थंक, शुभचिन्तक, अन्धभक्तहरूतिर नै हुनुपर्छ ।
हाम्रोजस्तो गरीब र अविकसित समाजले सरकारबाट ठूलठूलो अपेक्षा राखेको हन्नछ । बिग्रे भत्केको वा नवनिर्माण हुन नसकेका कुरा बन्ने बनाइने आशा गरेको हुन्छ । आफ्नो वरिपरिको परिस्थिति फेरिएको देख्ने चाहना राख्दछ । हिजो हुन गर्न नसिकएका कुराहरू आज होउन् गरिउन् भन्ने चाहना राख्दछ । नवनिर्माण गर्न समय लागे पनि बिग्रेभत्केका आयोजनाहरूको मर्मत सम्भारमा तदारुकता देखियोस् भन्ने अपेक्षा राख्छ । आशा अपेक्षा राखेरै जनताले यो वा त्यो राजनीतिक दललाई मत दिएको हुन्छ । कसैलाई हराउने वा जिताउने भन्दा पनि आप्m्रनो अपेक्षा कताबाट पूरा होला भनेर अनुमान अडकल गरेको हुन्छ । जनताको मत निरपेक्ष हुदैन । मतदाताहरूले इच्छा अपेक्षासँग मत साटेका हुन्छन् । त्यसैले सरकारबाट जनताले आशा गर्नु स्वाभाविक हो । सरकारले गरिदिनुपर्छ भन्नु बढ्ता हुदै होइन, भएन गरिएन भनेर निरशा पोख्नु पनि स्वाभाविक हो, असन्तुष्टि व्यक्त गर्नु पनि अस्वभाविक होइन । जनताका स्वाभाविक अपेक्षाहरूलइर्य स्वाभाविक रूपमा लिने सदाशयता भने स्वप्नर्दीबाट देखाएजस्तो लाग्दैन । “काठमाडौका सडकमा खाल्डाखुल्डी सरकारले बनाएको होइन”, “हत्या बलात्कारका घटना सरकारले घटाएको होइन” भन्ने खालका गैरजिम्मेवार अभिव्यक्ति आउन थालेबाट त्यही कुराको पुष्टि हुन्छ ।
अवश्य, सरकार बिगार्न भत्काउन आएको होइन । तर बनाउनुपर्ने, मर्मतसम्भार गर्नुपर्ने दायित्व भने सरकारकै हो । जनताले उसको दायित्व सम्झाएका मात्र हुन । ससकारलाई अनावश्व्यक बोझ थप्ने नियत जनताका हुदै होइन । सडकहरू बिगारेको भत्काएको सरकारले होइन भन्ने कुरा जनताले पनि बुझेका छन् । हत्या र बलात्कारजस्ता अपराधमा सरकारको हात छैन÷ रहँदैन भन्ने कुराको ज्ञान पनि जनतामा छ । भत्के बिग्रेका संरचनाहरूको पुनर्निमाण गर्ने र अपराधीलाई कार्यवाहीको दायरामा ल्याउने, समाजमा शान्ति अमनचयन कायम गर्ने जिम्मेवारी सरकारकै हो भन्ने जनाकारी पनि जनतालाई छ । जनताले बढी अपेक्षा गरको पनि होइन, आवश्यकताभन्दा बढी बोलेको पनि छैन । जनताको गुनासा सुन्न नसक्ने, नचाहने, जनअपेक्षाप्रति उपेक्षाभाव प्रदर्शन गर्ने, खिल्ली उडाउने, उपहासको विषय बनाउने स्वप्नदर्शीमै खोट रहेछ भन्ने कुरा जननताले बुझ्न थालेका छन् ।
“…….स्याट्ट पारेर रुमालबाट परेवा निकाल्ने जादुगरजस्तो सरकार होइन । विकास निर्माणको काम चटक गरेजस्तो गरी गर्न सकिदैन” भनेर पछिल्लोपटक स्वप्नदर्शीको खप्की जनाताको नाममा सार्वजनिक भएको छ । नेपाली जनताले स्वर्गजाने सिडी निर्माण गरि’दे सरकार ! भनेका होइनन् । एकपटक बनेर पनि बिग्रे भत्केका सडकको खाल्डाखुल्डी पुरी’दे मात्र भनेका हुन् । जनताले सुनमा सुगन्ध भरी’दे सरकार ! भनेका पनि छैनन् । धुलो मैलो झारपुछ गरेर चम्काइदे भनेको मात्र हो । मकैको जरामा आलु फलाइ’दे सरकार ! भनेका होइनन् । उत्पादन बृद्धिका लागि आवश्यक मल, वीउ, पानीको समुचित व्यवस्था गरि’दे सरकार ! भनेका हुन् । साराका सारा काम आजै निमेषभरमा पूरा गर्ने चटकको माग जनताले गरेका पनि होइनन् । सकारात्मक प्रयत्नको सुरुवात गरिदे सरकार ! भनेके मात्र हुन् । जनताले बोल्न, भन्न, माग्न, आशा अपेक्षा गर्न नपाउने त होइन होला कि ? कि सपना देख्ने अधिकार स्वप्नदर्शीलाई मात्र छ ? जनताले सुख समृद्धि त परै रहोस्, सहृुलियतको सपना देख्न पनि नपाउने हो र ?
जनधारणा साप्ताहिक















