उपत्यकामा निषेधाज्ञा हट्यो, यातायातमा जोरबिजोर प्रणाली लागु

142

काठमाडौं – सरकारले आजबाट निषेधाज्ञा हटाएको छ । कोरोना भाइरसको रोकथामको लागि भन्दै निश्चित क्षेत्र अझै एक हप्ता अझै सञ्चालन गर्न नपाउने नियम समेत बनाएको छ ।

काठमाडौं उपत्यकाभित्र १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिनेछ । ट्याक्सीमा ३ जना राख्न पाइनेछ । निजी सवारी साधनहरु सञ्चालन गर्न पाइनेछ । ती यातायातमा जोर बिजोर लागु गरिएको छ ।

अत्यावश्यक वस्तु वा सेवाको पसल तथा व्यवसाय सञ्चालन गर्न सकिनेछ । ढुवानीका लागि प्रयोग हुने साधन २ बजे देखि ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । सपिङ मल, कपडा, जुत्ता पसल साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ ।

भाडा र भान्याजन्य सामानका पसलहरु आइतबाट मंगलबार र शुक्रबार मात्र खोल्न सकिनेछ । फर्निचर र अटो मोबाइल सम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न सकिनेछ ।

काठमाडौं उपत्यकामा २१ दिन लामो निषेधाज्ञा अन्त भएपनि खुल्ला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न सभा जुलुस गर्न निषेध गरिएको छ । जात्रा, महोत्वस, भोजभतेर संचालन गर्न गराउन पाइनेछैन ।

धार्मिक कार्यमा दैनिक नित्य पूजाबोहकका गतिविधिहरु सञ्चालन गर्न पाइनेछैन । चाडपर्वलगायतका धार्मिक सांस्कृतिक तथा समाजिक कार्य गर्नका लागि जमघट गर्न, शैक्षिक संस्थाहरु सञ्चालन गर्न निषेध गरिएको छ ।-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here