६३ वर्षीय पुरुष कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु

51

काठमाडौं-ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो ।

उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

उनमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्या थियो कि थिएन भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here