अमेरिकामा शुक्रबार विहानसम्म ज्यान गुमाउनको संख्या एक लाख ९६ हजार दुई सय २८ पुगेको छ । त्यस्तै, ब्राजिलमा एक लाख २९ हजार पाँच सय ७५, भारतमा ७६ हजार तीन सय चार, मेक्सिकोमा ६९ हजार ६ सय ४९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
आजसम्मको तथ्याङक अनुसार विश्वभर दुई करोड ८३ लाख २३ हजार सात सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार विश्वभर नौ लाख १३ हजार नौ सय आठ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।


















