काठमाडौं -बानियाँटार युवा समाजले लायन्स क्लबसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजका अध्यक्ष प्रविन बानियाँले दिएको जानकारीअनुसार उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । काठमाडौँको टोखा नगरपालिका ८ जालुपाचोक रहेको कराँते हलको सभाकक्षमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।



















