नेपालमा काेराेना मृतकको संख्या ३४५ पुग्यो

202

काठमाडौं- नेपालमा एकै दिन ९ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ।

चार जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जनाको मृत्यु भएको छ।

काठमाडौंमा मात्र ६५ वर्षीया दुई जना महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ। मोरङमा ६९, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here