हालसम्म एकजनाको शव फेला परेको छ । घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको छ । माथिबाट आएको पहिरोले घर बगाएका घर भोटेकोशीमा मिसिएको छ ।
घट्नास्थलमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि पुग्दै छन् । नागपुजेभन्दा माथि भीरखर्कमा पनि घर बगाएको प्रारम्भीक सूचना आएको डिआईजी लामाले जनाए ।
‘भिरखर्कमा पनि प्रहरी पुग्दै छ’ डिआईजी लामाले भने– ‘क्षतिको यकिन विवरण आउन बाँकी छ ।’ यता, बाह्रबिसे नगरपालिकाकी उपमेर सुशीला पाख्रिनका अनुसार भिरखर्कमा पनि १०–१२ वटा घर पुरिएको छ । त्यहाँ तीनजनाको मृत्यु भएको छ । टाङ्सार भन्ने ठाउँमा केही घर पुरिएको र तीनजना घाइते भएका छन् ।
‘यकिन विवरण आउन बाँकी छ’ उपमेयर पाख्रिनले भनिन्–‘हामी घटनास्थल जाँदै छौं ।’ लामो समयको वर्षापछि राति करिब २–३ बजे पहिरो गएको स्थानीयले जानकारी दिएका छन् ।
यस वर्ष सिन्धुपाल्चोकमा पटक–पटक गएको बाढी र पहिरो कारण ठूलो धनजनको क्षति भएको छ ।


















