गएको २४ घन्टा यता यो सङ्क्रमणका करिब १५ हजार जना नयाँ संक्रमित भेटिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यहाँका ३५ लाखभन्दा बढी नागरिक निको भएर घर फर्र्किएका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा अमेरिका र भारतपछि ब्राजिल पर्दछ । सबैभन्दा बढी सङ्क्रमित देशमध्ये दोस्रोमा पर्ने ब्राजिलभन्दा गत हप्तामात्र भारत विश्वमा अमेरिकापछि बढी संक्रमित हुने देशमा उक्लिएको थियो ।-
















