फ्रान्सको दोर्दोनमा बस्ने करीब ८० वर्षका ती वृद्ध व्यक्ति बेलुकी खाना खाने बेलामा डाइनिङ रुममा एउटा झिंगा भन्भनाएपछि दिक्क भए । त्यसपछि उनले लामखुट्टेलगायतका स(साना किटपतंग मार्नका लागि प्रयोग हुने इलेक्ट्रोनिक र्याकेटको सहयोगले उक्त झिंगा मार्ने कोसिस गरे ।
तर त्यहीँ समयमा उनको घरमा ग्यास लिक भइरहेको थियो । ग्याँस चुहिरहेको बेला हावामा इलेक्ट्रोनिक र्याकेट चलाएपछि त्यहाँ विस्फोट भएपछि उनको भान्साकोठाका साथै छत समेतमा ठूलो नोक्सानी पुग्यो ।
भाग्यवस उक्त घटनामा उनको ज्यान त जोगियो तर उनको हात भने नराम्रोसँग जलेको छ । अहिले उनी पालमा बसिरहेका र उनको घरको मर्मत भैरहेको जनाइएकाे छ ।

















