काेराेना संक्रमितको संख्या ५९ हजार ५७३ पुग्यो

72

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको   छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको ५९ हजार ५ सय ७३पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४१ जना रहेका छन्।  यस्तै होम आइसोलेसनमा ८ हजार ३३८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना रहेका छन्।  त्यस्तै, हाल क्वारेन्टाइनमा रहेनेको संख्या सात हजार ८२० रहेको जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा १ हजार २४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।  योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ। यो ७२ प्रतिशत हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here