काेभिड १९ बाट मृत्यु भएकाे शंका लागेमा परीक्षण नगर्न मन्त्रालयकाे अनुराेध

97

काठमाडाैं –   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ुइन्सिडेन्ट कमान्डु सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी गराएका हुन्।

‘शंकास्पद मृत्युको कोरोना परीक्षण गर्ने सन्दर्भमा शव व्यवस्थापन गर्दा सावधानी अपनाएर दाहसंस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरूलाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने तर शवबाट नमूना निकाली परीक्षण गर्ने काम नगराउने,’ उनले भने।

मान्छेको मृत्युपछि पनि कोरोना परीक्षण गर्ने गरिएको सूचना प्राप्त भएको भन्दै त्यसो गर्नु नपर्ने मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here