पानामाका प्रहरीले लागूऔषधसहित गभर्नर पक्राउ

115

एजेन्सी-पानामाका प्रहरीले ७९ वटा अवैध लागूऔषधको प्याकेट राखिएको कारमा यात्रा गरिरहेको अवस्थामा दुईजना व्यक्तिलाई गिरफ्तार गरेको छ। स्थानीय सञ्चार माध्यमले पक्राउ परेकामध्ये एकजना गुना यालाका गभर्नर एरिक मार्टेलो रहेको पुष्टि गरेको छ। गिरफ्तार गरिएलगत्तै उनलाई पदबाट बर्खास्त गरिएको जनाइएकाे छ ।

प्रहरीले एउटा भरपर्दो सुराकीको आधारमा मंगलबार बिहान सबेरै सडकमा अवरोध तेर्साएर सवारीसाधनहरू जाँच्ने क्रममा सो कार फेला परेको बताएको छ। प्रहरीले सिटमुनि लुकाइएको अवस्थामा लागूपदार्थ फेला पारेको हो।

पानामा राष्ट्रपति निटो कोर्टिजोले स्पेनी भाषामा ट्वीटरमा लेखेका छन्– ‘म सम्पूर्ण सरकारी कर्मचारीले पालना गर्नुपर्ने कुनै पनि आचारसंहिता विरुद्धका व्यवहारप्रति शून्य सहनशिलता नीति अपनाउन प्रतिबद्ध छु।’ तर, हालसम्म गभर्नर मार्टेलोका तर्फबाट यस विषयमा कुनै पनि टिप्पणी सार्वजनिक भएको छैन।

गुना याला आदिवासीको प्रमख बासस्थानको रूपमा चिनिने पानामाको क्यारिबियनको समुद्री तटमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here