चार किसान संगठनद्वारा एमसीसी खारेजीको जोडदार माग

243

नेपालका चार किसान संगठनले एक संयुक्त बक्तब्य दिदै शुक्रबार एमसीसी खारेजीको जोडदार माग गरेका छन् । सत्ताधारी पार्टीले परिमार्जन गरेर अनुमोदन गर्ने भन्दै देश र नजतलाई अपूर्ब संकटको अध्यारोमा धकेल्ने राष्ट्रहित बिपरीतको अममानजक सम्झौता गर्न उद्यत भइरहेको बेला अखिल नेपाल किसान यूनियन, अखिल नेपाल किसान महासंघ(अप्फा), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) र अखिल नेपाल प्रगतिशील किसान संघले यो सम्झौता परिमार्जन गर्ने कुनै गुञ्जायश नभएको र यसलाई अस्वीकार र खारेजी गर्नेबाहेक अरु कुनै बिकल्प छैन भनेका छन् ।

संयुक्त बक्तब्यमा भैरबराज रेग्मी, सीताराम तामाङ्ग, लोकनारायण सुबेदी र कृष्णरानाले हस्ताक्षर गर्दै यस सम्झौताका बिरुद्ध भइरहेका आन्दोनलप्रति पुनः ऐक्यबद्धता प्रकट गरेका छन् ।


चार किसान संगठनले दिएको संयुक्त बक्तब्यमो पूर्ण पाठ यस प्रकार छ :

नेपालको संसदमा बिचारधीन रहेको अमेरिकी कम्पनीसँग गरिएको एमसीसी सम्झौता नेपालको हितमा छैन भन्ने कुरा यस सम्झौताको रणनीतिक उदेश्य  र यस सम्झौतामा राखिएका अपमानजनक प्राबधान दुबै कारणले प्रमाणित हुन्छ र यसमा कुनै परिमार्जन गर्ने गुञ्जायश नभएको हामी चार किसान संगठनसँग संबिधान, कानुन तथा सम्झौताबिद्हरुले गरेको अन्तर–सम्बाद र दिएका सुझावरुले थप प्रष्ट पारेको छ ।

अतः यो सम्झौताले नेपालको सांर्बभौमिकता, संबिधान, सर्बोच्च अदालत र कानुनलाई मात्र लत्याउँदैन, संयुक्त राष्ट्र संघको घोषणापत्र, असंलग्न आन्दोनलको मर्म, भावना तथा अन्तर्राष्ट्रिय सन्धि र  सम्झौताका मूल्य मान्यतालाई पनि लत्याउँने  र नेपालको अस्तित्वलाई यूस–इण्डो धूरीको मातहतमा राख्ने, नेपाललाई शक्ति राष्ट्रहरुको अखडा बनाउने तथा नेपालको कुनै किसिमले पनि हित नहुने भएकोले हामी चार किसान संगठन यसको परिमार्जन या संसोधन जस्ता भ्रमपूर्ण कुरामा जनता र राष्ट्र अल्मल्याउने र यसलाई पारित गरेर नेपालमाथि अपूर्ब खतरा निम्त्याउने कुराको जोडदार बिरोध गर्दछौ,  यसका बिरुद्ध संघर्ष गरिरहेका सबै  साम्राज्यबाद बिरोधी शक्ति, समूह र संगठनहरुप्रति ऐक्यबद्धता दोहोर्याउँदछौ । यस्तो राष्ट्रघाती र खतरनाक सम्झौताको परिमाजर्न र संशोधनतिर नलागि  यो सम्झौतालाई अस्वीकार र खारेजी गर्न पुनः जोडदार माग गर्दछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here