संविधान दिवसमा ४ सय ५० जना भन्दा बढीलाई विभूषित गरिने

432

काठमाडौं – संविधान दिवसका दिन सरकारले विभुषण पाउनेहरुको नाम सार्वजनिक गरेको छ । ४ सय ५० जना भन्दा बढीलाई सरकारले मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको हो ।

विभूषित हुनेहरुमा डा. सन्दुक रुइटको नाम अगंपंक्तिमा छ । उनलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथमद्वारा विभूषित गरिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नविन कुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रसिद्ध प्रबल जनसेवा श्री द्वितीय प्राप्त गरेका छन् ।

सुकीर्तिमय राष्ट्रदीप तृतीय प्राप्त गर्नेहरुमा अख्तियारका आयुक्त डा. गणेशराज जोशी, वनस्पतीविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ, सरकारका सचिव केदारबहादुर अधिकारी, मुख्य अनुसन्धान अधिकृत गणेश प्रसाद अधिकारी, सशस्त्र प्रहरीका एआजीहरु पुष्पराम केसी, रामशरण पौडेलका अलावा नापीविज्ञ बुद्धिनारायण श्रेष्ठ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here