उपत्यकामा ७६७ कोरोना संक्रमित थपिए

77

काठमाडौं- आइतबार काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ४२ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८ र भक्तपुरमा १ हजार ४ सय ५२ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। आज ९६६ जना निको भएका छन्।

हालसम्म ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ। पछिल्लो २४ घन्टामा ९५८४ जनाको पिसिआर परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here