फ्रान्समा भेटिए १० हजारभन्दा बढी संक्रमित, न्यूजिल्याण्डमा भेटिएनन्

55
एजेन्सी – विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १२ लाख नाघेको छ । निको हुने बिरामीको संख्या २ करोड २८ लाख १७ हजार ५ सय ४१ भन्दा  बढी भइसकेको छ । यस्तै, हालसम्म ९ लाख ६४ हजार ७ सय ६४ को मृत्यु भइसकेको छ । यो आँकडा वर्ल्डोमिटर्स अनुसार हो । फ्रान्समा संक्रमणको दोस्रो लहर सरकारका लागि भरी परेको छ । यहाँ आइतबार १० हजार बढी संक्रमित भेटिए ।

फ्रान्सः स्वास्थ्य मन्त्रालयको बयान

फ्रान्सको स्वास्थ्य मन्त्रालयले आइतबार राती जारी बयानमा भन्यो, ‘देशमा पछिल्लो २४ घण्टामा १० हजार ५ सय ६९ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन अर्थात् शनिबार १३ हजार ४ सय ९८ संक्रमित भेटिएका थिए । यो स्पष्ट रुपमा संक्रमणको दोस्रो लहर हो र सरकारले यसका लागि कडा नीति अपनाउने तयारी गर्दैछ । आइतबार संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । फ्रान्समा ३१ हजार ५ सय ८५ व्यक्तिको हालसम्म मृत्यु भइसकेको छ । अर्कोतर्फ, सम्भावित लकडाउनजस्तो कदमको विरोध पनि सुरु भइसकेको छ ।

न्यूजिल्याण्डः कुनै नयाँ संक्रमित छैनन्

सोमबार जारी बयान अनुसार न्यूजिल्याण्डमा आइतबार कुनै नयाँ संक्रमित देखिएका छैनन् । अकल्याण्डमा विशेषगरी प्रतिबन्धको विषयमा सतर्कता अपनाइँदैछ । यसको एउटा कारण यो हो कि यहाँ अहिले पनि थुप्रै पर्यटक छन् जसलाई स्वास्थ्य सम्बन्धि समस्या छ । केही शहरमा प्रतिबन्ध जारी राखिनेछ । प्रधानमन्त्री जसिन्डा अर्डर्नले सोमबार पत्रकार सम्मेलन गर्ने भएकी छिन् । यसमा सरकारद्वारा उठाइएको कदमबारे जानकारी दिइनेछ । न्यूजिल्याण्डमा १४ सय ६४ संक्रमित भेटिइसकेका छन् र २५ जनाको मृत्यु भइसकेको छ । तीन संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।

चीनमा १२ नयाँ संक्रमितः

चीनमा एकपटक पुनः १२ जयाँ संक्रमित भेटिएका छन् । शनिबार पनि यहाँ १२ संक्रमित नै फेला परेका थिए । नेशनल हेल्थ अथोरिटीको तर्फबाट जारी बयानमा सबै संक्रमित अन्य देश हुँदै चीन पुगेका हुन् । २५ जना यस्ता संक्रमित छन् जसमा संक्रमणको कुनै लक्षण देखिएको छैन । चीनको स्वास्थ्य मन्त्रालयले शनिबार जारी बयानमा विदेशबाट आउने मानिसहरुको परीक्षणको विषयमा नयाँ निर्देशिका जारी गरिने बताइएको छ । धेरैजसो संक्रमित यस्तै मानिसहरुमा देखिएकोले यस्तो गर्न लागेको जानकारीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here