
एजेन्सी – कुकर एक यस्तो जीव हो जसले यो दुनियाकै वफादार प्राणीको दर्जा पाएको छ । आफ्नो मालिकको सेवा गर्न र उसप्रति सर्मपणको भाव राख्न यस प्राणी भन्दा अन्य कसैले सक्दैनन् । आफ्नो मालिकले भनेको जे पनि गर्छन् कुकुरहरु । आज हामी यस्तो कुकुरको बारेमा चर्चा गर्छौ जसले हरेक दिन मालिकले भने जस्तै हरेकको घर–घरमा दुध पु¥याउन जान्छ ।
मनीले गरेको यस्तो कामको सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । मानिसहरु मनीको यस भिडियोलाई प्रशंसा पनि गरिहेका छन् । गाउँका मानिसहरुले पनि मनीलाई निकै माया गर्छन् । हरेक घर–घरमा मनी दुध लिएर पुगेपछि कसैले त दुध र बिस्कुट पनि खान दिन्छन् । दैनिक बिहानदेखि बेलुकासम्म मनीले दुध बेचेर आउने गर्छन् ।
मनी एक देसी कुकुर हो । एकपटक सडकमा घाइते भएको थियो । उक्त क्रममा थंगवलुले मनीको ज्यान बचाएर पालन पोषण गरेर ठुलो बनाएका थिए । र उनले आफुसँगै दुध बेच्नेको तालिम दिएका हुन् । त्यसपछि हालसम्म आफ्नो मालिकसँग व्यवसायमा हात हालेका छन् । हरेक दिन मनी एक भाँडोमा २५ लिटर दुध राखेर बाड्न जान्छन् ।
आश्चर्यको कुरा चाहिं यदि कोही नचिनेको मानिसले दुधमा हात लगाएमा तुरुन्त टोकीदिन्छ ।


















